ह्यारिस र ट्रम्प पहिलो बहसमा आमने सामने

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका छन् । यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो । बहस सुरु गर्दै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन् ।
ट्रम्पले कमला ह्यारिसलाई सोधे, ‘के तपाईलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको भन्दा राम्रो अवस्थामा छ ?’ यसबारे कमला ह्यारिसले आफू अवसरको अर्थतन्त्र बनाउने योजनामा रहेको बताइन् । ह्यारिसले भनिन्, ‘ट्रम्पले पछिल्लो पटक जस्तै अर्बपति र व्यापारीहरूलाई कर छुट दिने योजना बनाएका छन् ।’, उनले भनिन्, ‘ट्रम्पले के भनेका छन् त्यसको १६ नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले आलोचना गरेका छन् र उनीहरूलाई लागु भयो भने अर्को वर्ष मन्दी आउने विश्वास छ ।’
ह्यारिसले भनिन्, ‘डोनाल्ड ट्रम्पले हामीलाई महामन्दी पछिको सबैभन्दा खराब बेरोजगारी दरको साथ छोडिदिनुभयो । हामीले डोनाल्ड ट्रम्पले छोडेको गडबडी सफा गर्नुपर्यो ।’ ह्यारिसले ट्रम्पको ‘प्रोजेक्ट २०२५’ लाई खतरनाक योजना भनेकी छन् र ट्रम्प आए भने त्यसलाई कार्यान्वयन गर्ने बताएकी छन् ।
यस बहसका लागि केहि नियम बनाइएको थियो, जसलाई दुवै उम्मेदवारले पालना गर्नुपर्ने गरि सहमति गरिएको थियो । एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो । नेपाली समय अनुसार बिहान ६: ४५ बजे सुरु भएको यो बहस बिहान ८: १५ बजेसम्म चलेको थियो ।
यो नियम अनुसार बहसका क्रममा दुई उम्मेदवारले आफ्ना सहकर्मी वा कर्मचारीसँग कुरा गर्न नपाउने गरी दुईवटा ब्रेक लिनेछन् । बहसको लागि कुनै पूर्व नोट वा लिखित सामग्री प्रयोग गर्न पाइने छैन ।
त्यसैगरी बहस अघि टस भएको थियो, जसबाट दुई उम्मेदवार कुन पक्षमा बस्ने र कसले अन्तिममा बोल्ने भन्ने टुंगो लगाइएको थियो । यस बहसमा डोनाल्ड ट्रम्पले अन्तिममा बोलेका थिए ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया