‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी’ भदौ २८ देखि ३० गतेसम्म भृकुटीमण्डपमा हुने

काठमाडौं । जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ यहीँ भदौ २८ देखि ३० गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धिदरलाई पहिचान गदै प्रवर्धन गर्ने उद्धेश्यले जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटीको आयोजना हुन लागेको आयोजकको भनाइ छ ।
जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटीमा करिब ३० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । जसमध्ये लगभग १५ हजार व्यावसायिक आगन्तुक हुने उसको अनुमान छ। गत वर्षको तुलनामा यस वर्ष प्रदर्शकको संख्या ४० प्रतिशतले बढेको छ। हस्पिटालिटीमा करिब ५ हजार ब्रान्डहरू, ३ सय कम्पनीहरू र २५ सय वर्ग मिटरभन्दा माथिका स्टलमा २ सय वटा प्रदर्शकहरू लाई स्थान प्रदान गर्नेछ।
जीएआई एफबीएचले होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी(प्यालेस र क्यान्टिन, किराना – पासलका मालिकहरु, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू,तिनका प्रबन्धकहरूस क्याटरर रशेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिएको छ। कार्यक्रम मुख्यतया बिजनेस टु बिजनेस मोडेलको हो तर उपभोक्ताहरूले पनि ठूलो संख्यामा भ्रमण गर्ने अपेक्षा गरिएको छ।
होटल रेस्टुरेन्ट, पार्टी प्यालेस, खाजारखान घर, सडकपेटीका खाजा बिक्रेता र किराना पसलहरू विगत बीस वर्षमा अनपेक्षित रुपमा धेरै बढेका छन्। खाद्य तथा पेय पदार्थको क्षेत्रमा कुल २५ हजार ५ सय प्रतिष्ठान दर्ता छन्। यसमध्ये २४ हजार ९४० प्रतिष्ठान खाद्यान्न उत्पादनमा संलग्न छन् भने अन्य ५६० प्रतिष्ठान पेय पदार्थ उत्पादनमा संलग्न छन् । खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या मात्रै ९३ हजार ८०६ छ । जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादनमा र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादनमा संलग्न छन् ।
त्यसैगरी, पर्यटक आगमनमा भएको पुनरुत्थान र देशैभरी तारे होटलहरूमा भएको महत्वपूर्ण लगानीले नेपालको आतिथ्य उद्योगले उल्लेखनीय वृद्धि पाइरहेको छ। आगामी केहि वर्षभित्र नै ३ देखि ५ तारे स्तरको २५ भन्दा बढी होटल सञ्चालनमा आउनेछन् । विगत चार वर्षमा पहिलो पटक पर्यटक आगमनको संख्या १२ लाख नाघेको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्कले पनि यो प्रवृत्तिलाई पुष्टि गर्छ। कोभिड(१९ महामारीपछि पर्यटक आगमनमा भएको सुधारका कारण हालैका वर्षहरूमा, नेपालका लक्जरी होटल सञ्चालकहरूले नाफामा पुनस् वृद्धि देखेका छन्।
यो खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रहरूको उत्साहजनक वृद्धि र विस्तारको पृष्ठभूमिमा, आगन्तुकहरूले उत्पादन तथा सेवाहरू साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकन/चयन गर्न सक्नेछन्।
प्रतिक्रिया