दुई महिनाकाे बिचमा दाेस्राेपटक ट्रम्पकाे हत्या प्रयास

काठमाडौं ।पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुन: फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक संभावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ।
आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् । घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। सिक्रेट सर्भिस एजेन्टहरूले झाडीबाट राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली हानेको अधिकारीहरूले जानकारी दिएका हुन् ।
एफबीआईका अनुसार ट्रम्प त्यतिबेला २७५ देखि ४५५ मिटर टाढा थिए। घटनास्थलमा एक एके४७ शैलीको बन्दुक र स्कोप, दुई ब्याकप्याक र गोप्रो क्यामेरा फेला परेको छ। एजेन्टहरूले गोली हानेपछि प्रत्यक्षदर्शीले संदिग्धलाई झाडीबाट भागेको र कालो निसान कारमा हाम फालेको जानकारी दिएका थिए ।
पुलिसले घटनाको अपडेट दिने क्रममा भनेको छ उक्त साक्षीले वाहन र नम्बर प्लेटको तस्बीर लिएका थिए र पछि मार्टिन काउन्टीमा सो कारलाई रोकिएको थियो। यता आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू ‘सुरक्षित’ रहेको बताएका छन्।
‘कुनै पनि कुराले मलाई रोक्ने छैन,’ उनले लेखेका छन्, ‘म कहिल्यै आत्मसमर्पण गर्दिन!’ यो घटना पेन्सिलभेनियाको र्यालीमा एक बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको झण्डै दुई महिनापछि भएको हो। त्यति बेला उनको कानमा मात्र चोट लागेको थियो ।
















न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया