कांग्रेस चितवनद्धारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन

चितवन । नेपाली कांग्रेस चितवनले जिल्लाका सातै पालिकामा सात वाटिका निर्माण एवं व्यवस्थापन गर्ने भएको छ । ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन गरी पार्टीमा महत्वपूर्ण योगदान पुर्याएका नेताहरुको नामबाट सात पालिकामा सात वाटिका निर्माण गर्न लागिएको हो ।
जिल्ला सभापति राजेश्वर खनालका अनुसार माडी नगरपालिकामा गणेशमान स्मृति दिवसको अवसर पारेर आज गणेशमान सिंह स्मृति वाटिका शुभारम्भ गरिएको छ । माडी-५ मा करिब दुई बिघा क्षेत्रफलमा उक्त वाटिका निर्माण सुरु गरिएको उनले जानकारी दिए ।
सभापति खनालले भरतपुर महानगरपालिकामा बिपी शान्ति नगर वनलाई व्यवस्थित गरेर सोही वाटिकालाई व्यवस्थित गरिने बताए । रत्ननगरमा सुशील कोइराला स्मृति पार्क, खैरहनीमा शुवर्णशमशेर वाटिका, राप्तीमा गिरिजाप्रसाद कोइरालापार्क, कालिका नगरपालिकामा किसुनजी वाटिका र ईच्छाकामना गाउँपालिकामा शैलजा आचार्य स्मृति पार्क बनाउने योजना रहेको उनले जानकारी दिए ।
खनालका अनुसार स्थानीय तहसँग उपयोग नभएर बसेका उपयुक्त जग्गा माग गरी आर्थिक सङ्कलनमार्फत पार्क निर्माण गरिँदै छ । माडीमा गणेशमान सिंहको नाममा प्रतिष्ठान गठन गरिएको छ भने अन्य पालिकामा नेपाली कांग्रेस चितवनअन्तर्गत रहने गरी दर्ता गरिएको सान्दाजु स्मृति प्रतिष्ठानमार्फत् वाटिकाको निर्माण र संरक्षण गरिने योजना रहेको उनले उल्लेख गरे।
















बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया