धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड

काठमाडौँ । नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल भ्यालुयर्स एसोएिसनको छैटौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस क्षेत्रमा आबद्ध इञ्जिनीयरहरूले यस विषयमा जोड दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद सकलदेव सुतियारले पेशागत ज्ञान लिएर काम गर्दा समस्या नहुने बताए । ज्ञान नहुनेले अरुसँग सिकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
एसोसिएसनका संस्थापक अध्यक्ष वसन्तरमण रजौरेले धितो मूल्याङ्कन प्रक्रियामा लाग्नेहरूको छाता संस्थालाई संस्थागत स्वरुप दिन वर्तमान कार्य समितिले महत्त्वपूर्ण काम गरेको बताए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अञ्जनीकुमार श्रेष्ठ, यस क्षेत्रका विज्ञ देवेन्द्रकुमार श्रेष्ठ, अध्यक्ष ऋषि कोइराला, उपाध्यक्ष लक्ष्मणबाबु सेढाइँ, महासचिव दीनेशकुमार पाठक, नेपाल इञ्जिनीयर्स एसोसिएसनका उपमहासचिव अनिल मानन्धरलगायतले धितो मूल्याङ्कन प्रक्रियामा देखापरेका समस्या र तिनको समाधानका लागि संस्थागत रूपमा गर्नुपर्ने कामका बारेमा जानकारी दिएका थिए ।
अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष सञ्जयकुमार महतोले राससलाई जानकारी दिए। अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा संलग्न एक हजार २०० इञ्जिनीयरको सहभागिता रहेको छ ।
















निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया