मेची भन्सारबाट २ अर्ब ४२ करोड राजस्व सङ्कलन
मेरोन्यूज
२०८१ असोज ५ गते ११:५५

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो ।
चालु आवमा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कल गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट रु एक अर्ब ३८ करोड ३९ लाख चार हजार राजस्व सङ्कलन भएको हो ।
कार्यालयले गत आव २०८०र८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखकामा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाएको छ ।
सम्बन्धित










३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया