मेची भन्सारबाट २ अर्ब ४२ करोड राजस्व सङ्कलन
मेरोन्यूज
२०८१ असोज ५ गते ११:५५

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो ।
चालु आवमा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कल गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट रु एक अर्ब ३८ करोड ३९ लाख चार हजार राजस्व सङ्कलन भएको हो ।
कार्यालयले गत आव २०८०र८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखकामा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाएको छ ।
सम्बन्धित
















निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया