बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको संख्या २५ हजार नाघ्यो

सोमबार जारी गरिएको अस्थायी तथ्याङ्कअनुसार सन् २०२४ को सुरुदेखि हालसम्म साना डुङ्गाहरूमार्फत च्यानल पार गरेर बेलायत पुग्ने आप्रवासीहरूको संख्या २५ हजार नाघेको छ ।
अघिल्लो कन्जरभेटिभ प्रशासनको जस्तै नयाँ लेबर सरकारले च्यानल पार गरेर आउनेहरूको संख्या घटाउन सङ्घर्ष गरिरहेको बेला यी तथ्याङक आएका हुन् ।
गृह मन्त्रालयका अनुसार आइतबार सात सय १७ आप्रवासीले उत्तरी फ्रान्सबाट च्यानल पार गरेका छन् । यसले सन् २०२४ को हालसम्मको कूल आगमन सङ्ख्यालाई २५ हजार ५२ पुर्याएको छ । शनिबार पनि सात सय सात जनाले च्यानल पार गरेका थिए ।
यो कूल सङ्ख्या गत वर्षको समान अवधिको तुलनामा चार प्रतिशतले बढी हो तर सन् २०२२ को सोही अवधिको तुलनामा २१ प्रतिशतले कम हो ।
इङ्ग्ल्यान्डको दक्षिणी तटमा साना डुङ्गाहरूको आगमन रोक्ने विषय जुलाईमा भएको बेलायतको निर्वाचनमा एउटा प्रमुख मुद्दा बनेको थियो ।
सत्ता सम्हालेको केही दिनभित्रै लेबर प्रधानमन्त्री केइर स्टार्मरले आप्रवासीहरूलाई रुवान्डा निर्वासन गर्ने कन्जरभेटिभहरूको विवादास्पद योजनालाई खारेज गरे ।
यसको सट्टा उनले जोखिमपूर्ण यात्रा आयोजना गर्ने र प्रत्येक आप्रवासीबाट हजारौँ युरो लिने मानव तस्करका ‘गिरोहहरूलाई नष्ट गर्ने’ प्रतिबद्धता व्यक्त गरे ।
यस वर्षको अहिलेसम्म ४६ जना आप्रवासीले अत्यधिक भरिएका रबरका डुङ्गाहरूमा बेलायतको किनारमा पुग्ने प्रयासमा ज्यान गुमाएका छन् ।
सरकारले आगामी छ महिनामा असफल शरणार्थी आवेदकहरूको निर्वासन दर पाँच वर्षकै उच्च बनाउन लक्ष्य राखेको गृहमन्त्री इभेट कुपरले गत महिना घोषणा गरेका थिए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया