रौतहटबाट पहिलो पटक गैरआवासिय नेपाली नागरिकता
मेरोन्यूज
२०८१ असोज ८ गते १२:०६

रौतहट । रौतहट स्थित जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक एकजना गैरआवासिय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ ।
सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सिडियो हिरालाल रेग्मीले गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।
फकरुदिन अलिअहमद शेखले रौतहटको गढिमाई नगरपालिका ३ साविक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरि गैर आवासिय नागरिकता प्रमाणपत्र लिएका छन् ।
नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासिय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन्।
प्रशासनबाट सहजरुपमा गैर आवासिय नेपाली नागरिकता प्राप्त भएपछी जर्मनी नागरिक अली खुसी संगै आभार प्रकट गरेका थिए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया