भिमाद नगरपालिका खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने

तनहुँ । यहाँको भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको छ । कृषि उत्पादन वृद्वि गर्न किसानलाई प्रोत्साहनस्वरुप सम्मान एवं पुरस्कृत गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा एक उत्कृष्ट किसान सम्मान’ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए । उनका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यावसायिकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्वि गर्न लागिएको हो ।
खेतीयोग्य जमिनमा व्यवस्थित सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले पक्की कुलो निर्माण गर्ने योजना प्राथमिकताका साथ अघि सारेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए । हाल कायम रहेका कृषि ‘पकेट’ क्षेत्रलाई विस्तार एवम् स्तरोन्नति गर्नुका साथै सम्भाव्यता र माटो परीक्षणका आधारमा माछा, ‘अर्गानिक’ तरकारी बीउ उत्पादन, दूध तथा मासु पकेट क्षेत्र विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ ।
कृषि पेसाको महत्व तथा आवश्यकतालाई विद्यालयस्तरबाट बोध गराउन माध्यमिक तहका विद्यार्थीलाई तनहुँ प्राविधिक शिक्षालयसँग समन्वय गरी विद्यालय कृषि शिक्षा कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।
नगरपालिकाका पशु सेवा शाखा तथा सेवा केन्द्रमार्फत वडास्तरमा घुम्ती सेवा प्रदान गरी पशुमा लाग्ने आन्तरिक तथा बाह्य परजीविको पहिचान गरी निःशुल्क औषधीको व्यवस्था मिलाइएको उनले बताए। दूध उत्पादन र कृषि व्यवसाय विस्तार गरी किसानको जीवनस्तरमा सुधार ल्याउन नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
“दूध उत्पादन वृद्धि गरी नगरपालिकालाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन दुग्ध चिस्यान केन्द्रको विस्तार गर्न लागेका छाैँ,” नगरप्रमुख सुवेदीले भने । उनका अनुसार नगरपालिकाभित्र पाइने रैथाने खरी जातको बाख्रा लोप हुने जोखिममा रहेकाले त्यसको संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरी स्रोतकेन्द्रको रुपमा विकास गरिने भएको छ ।
कृषि तथा पशुपक्षी क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्न कृषि तथा पशु बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी यसको लाभ लक्षित वर्गसम्म पु¥याउन पहलकदमी थालिएको नगरप्रमुख सुवेदीले बताए ।

















PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया