भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त, विद्यालय बन्द

काठमाडौँ । भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि तल्लो क्षेत्र डुबानमा परेका छन् ।
धेरै जसो उपनगरीय क्षेत्र डुबानमा परेको र स्थानीय ट्रेनहरू समेत रोकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै बर्षाका कारण कैयौं उडान समेत डाइभर्ट गर्नुपरेको थियो ।
भारतीय मौसम विभागले मुम्बई र यसको आसपासका जिल्ला ठाणे, पालघर र रायगढमा बिहीबार बिहानसम्म रेड अलर्ट जारी गरेको छ । भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले बिहीबार सबै विद्यालय र कलेजमा बिदा दिएको छ ।
मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ । मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ ।
पश्चिम मध्य र आसपासको उत्तरपश्चिम बंगालको खाडीमा आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र पश्चिम-उत्तरपश्चिमतर्फ सरेको छ ।
















२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया