इजरायली आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु

काठमाडौँ । लेबनानसँगको सीमा नजिक शुक्रबार इजरायलले गरेको हवाई आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु भएको सरकारी समाचार संस्था सानाले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
“ सिरिया-लेबनानी सीमामा पर्ने कफर याबस नजिकै हाम्रो एउटा सैन्य चौकीमा इजरायल (शत्रु) ले हवाई आक्रमण गरेको छ”, सानाले स्रोतलाई उद्धृत गर्दै भनेको छ, “आक्रमणबाट पाँच सिरियाली सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।”
इजरायली सेनाले सिरियाबाट लेबनानको हिजबुल्लाहमा हतियार स्थानान्तरण गर्न हिजबुल्लाह समूहले प्रयोग गर्दै आएको सिरिया-लेबनान सीमामा आफ्ना लडाकू विमानले आक्रमण गरेको बताएको एक दिनपछि पाँच सिरियाली सैनिकको मृत्यु भएको हो ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको युद्ध अनुगमनकारी संस्थाका अनुसार इजरायली लडाकू विमानले सिरियाको कुशायर क्षेत्रलाई लेबनानसँग जोड्ने सीमालाई निशाना बनाएको थियो।
इजरायलले यसै साता लेबनानको हिजबुल्लाहमाथि आक्रमण तीव्र पारेपछि सिरियामा भएको यो पहिलो आक्रमण भएको बेलायतस्थित युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।
















नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया