कोदोको बिस्कुट र कुकिज प्रवर्द्धनमा आर्क्स फूड

काठमाडौं । आर्क्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कोदो आफैँमा अत्यन्त पौष्टिक अन्न भएकोले यसमा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, र एन्टिअक्सिडेन्टहरू प्रशस्त मात्रामा पाइन्छ । यसले मधुमेह नियन्त्रण, पाचन प्रक्रियमा सुधार, वजन नियन्त्रण मा महत्वपुर्ण भूमिका खेल्छ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाई हड्डीलाई मजबुत राख्न मद्दत गर्छ ।
कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा पनि यो बिस्कुट पु¥याउने तयारी गरिरहेको जनाएको छ । हालसम्म अष्ट्रेलियाली ग्राहकबाट राम्रो प्रतिक्रिया पाएपछि आर्क्स फूडले अष्ट्रेलियामा निर्यात सुरु गरिसकेको छ भने भारत र दुबईमा पनि स्याम्पल पठाइसकेको छ । ति मुलुकबाट पनि राम्रो प्रतिक्रिया आएकोले उक्त देशहरुमा पनि चाँडै विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।
आर्क्स फूडका कोदो बिस्कुट र कुकीज नेपालभरका प्रमुख सुपरमार्केट, भाटभटेनी, किराना पसल र अनलाइन किनमेल प्लेटफर्महरूमा उपलब्ध छन् । कम्पनीले उपभोक्तालाई नयाँ उत्पादनको स्वाद लिन र आफ्नो मूल्यवान् प्रतिक्रिया प्रदान गर्न प्रोत्साहित गरेको छ ।
काठमाडौंको भृकुटी मण्डपमा भइरहेको स्टक क्लियरेन्स मेलामा पनि कोदोको बिस्कुट र कुकिजको प्रवर्द्धन भइरहेको र यसमा ‘फ्री टेस्टिङ’ साथै दुईवटा किन्दा एउटा निशुल्क दिने अफर पनि चलिरहेको छ ।

















राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया