हिजबुल्लाहको मुख्यालयमा इजरायलको आक्रमण

काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ ।
इजरायलले शनिबार बिहान दक्षिणी बेरुतमा हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहको मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल आफ्नो आक्रमणमा मारिएको जनाएको छ ।
यसका साथै इजरायली आक्रमणमा मोहम्मद अली इस्माइलका सहायक हुसेन अहमद इस्माइल पनि मारिएका छन् । इजरायली सेनाले मोहम्मद इस्माइल इजरायलमा धेरै रकेट आक्रमणको पछाडि रहेको बताएको छ ।
यसअघि हिजबुल्लाहका मिसाइल र रकेट फोर्सका प्रमुख मोहम्मद काबिसी र अन्य धेरै शीर्ष कमाण्डर पनि इजरायली आक्रमणमा मारिएका थिए । यसअघि इजरायलले शुक्रबार लेबनानमा ठूलो हवाई हमला गरेको थियो जसमा धेरै भवनहरूलाई निशाना बनाइएको थियो । आक्रमणमा धेरै भवनहरु ध्वस्त भएकाले भग्नावशेषबाट मानिसहरुलाई उद्दार गर्ने काम भइरहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
इजरायलले लेबनानका जनतालाई धेरै भवनहरू खाली गर्न निर्देशन दिएको चेतावनीपछि इजरायलले यो हवाई आक्रमण गरेको थियो । इजरायलले यी भवनहरू हिजबुल्लाहका मानिसहरूले प्रयोग गरिरहेको दाबी गरेको छ । इजरायली सेनाले शुक्रबार बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयलाई निशाना बनाएको थियो । यस आक्रमणमा धेरै अग्लो भवनहरू ध्वस्त भएका छन् ।
यी आक्रमणहरूको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह रहेको बताएका छन् । यद्यपि इजरायली सेनाले कसलाई निशाना बनाएको भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । विभिन्न रिपोर्टहरुले नसरल्लाहको अवस्था बारेमा अनेकौं टिप्पणी गरेपनि उनको अवस्था बारे स्पष्ट जानकारी प्राप्त भएको छैन ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया