हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएको इजरायलको दाबी

काठमाडौँ । इजरायलले हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएको दाबी गरेको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएको दाबी गरेको हो ।
यद्यपी हिज्बुल्लाहले अहिलेसम्म मृत्युको पुष्टि गरेको छैन । नसरल्लाह सन् १९९२ देखि इरान समर्थित संगठन हिजबुल्लाहका सदस्य थिए। उनी संस्थाका संस्थापक सदस्य मध्येका एक थिए । मिडिया रिपोर्टका अनुसार इजरायलले आक्रमण गरेको कमाण्ड सेन्टरको भग्नावशेषमा हिजबुल्लाह प्रमुखकी छोरीको शव पनि फेला परेको बताइएको ।
इजरायली सेनाले बेरुत लगायत लेबनानका धेरै क्षेत्रमा मिसाइल आक्रमण जारी राखेको छ । इजरायलले बेरुतको दहियाह सहरमा बसोबास गर्ने मानिसहरूलाई तत्काल इलाका खाली गर्न आग्रह गरेको छ। इजरायली सेनाले भनेको छ कि हिजबुल्लाहले इजरायलमा आक्रमण गर्न यी ठाउँहरू प्रयोग गरिरहेको छ ।
यसअघि इजरायलले हिजबुल्लाहका मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल पनि मारिएको दाबि गरेको थियो ।
















मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया