सुनिता र बुचलाई फिर्ता ल्याउन ‘ड्रागन’ अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने

काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्र्यागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ ।
यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, जबकी दुईवटा सिट खाली छोडिएको छ जसबाट विलियम्स र विल्मोर पनि फर्कनेछन् । अब यी अन्तरिक्ष यात्रीहरूले आगामी पाँच महिना अन्तरिक्ष अनुसन्धान कार्यमा बिताउनेछन् ।
यसै वर्षको जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनसम्म अन्तरिक्षमा गएका यी दुई अन्तरिक्ष यात्री विमानमा खराबीका कारण पृथ्वीमा फर्कन सकेनन् ।
अब सुनिता विलियम्स र बुच विल्मोरलाई फेब्रुअरीमा स्वदेश ल्याउने योजना छ।













आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
प्रतिक्रिया