अभ्यास खेलमा नेपालको जित

काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको छ । यो सँगै तीन खेलको क्रिकेट १-१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।
१७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भयो । ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९, मुनिर अहमद काका ३६, अली नदिम २०, युवराज शर्मा २३ र विकेटकिपर निकोलस मनोहरले १९ रन बनाए ।
नेपालका गुल्सन झा र ललित राजवंशीले २-२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १७६ रनमा अल आउट भयो । नेपालका कार्यवहाक कप्तान सोमपाल कामीले ३३ बलमा २ चौकासहित सर्वाधिक ३१ रन बनाए ।
अर्जुन साउद ७, अनिल कुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए ।
एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २-२ विकेट लिए । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।
















जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया