बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च

बङ्गलादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमयाबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ ।
सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जनाएको छ ।
डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्कक्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ ।
यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटना दर्ता गरेको डिजिएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् ।
बङ्लादेशमा सन् २०२३ मा डेङ्गु सक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।
















उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया