शुक्रबार, वैशाख १९, २०८२

२६ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्बमाथि

मेरोन्यूज २०८१ कार्तिक ६ गते १५:५०

काठमाडौं । सेयर बजारमा मंगलबार दाेहाेराे अंकले बढेको छ । नेप्से परिसूचक मंगलबार २५.८८ अंकले वृद्धि भएर २,६६५.८१ विन्दुमा बन्द भएको हो ।

मंगलबार कारोबार रकम भने घटेको छ । यस दिन चार अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ९० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज गुडविल फाइनान्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया