१८ अंकले घटेको बजारमा १७० कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशलमव २५ अंकले घटेर २,६२७ को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस उर्जाको २४ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७५ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फन्डका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।










यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया