शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?
मेरोन्यूज
२०८१ कार्तिक ९ गते ११:४५

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको हिजोकै मुल्यमा कारोबार भइरहेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो ।
यस्तै आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया