गाईबाच्छा संरक्षणका लागि खेलिएको देउसीभैलोबाट २ लाख ४४ हजार सङ्कलन

काठमाडौं । गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट २ लाख ४४ हजार तीन सय १६ सङ्कलन भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एकसय रोपनी क्षेत्रफलमा सडकमा छाडिएका गाईबाच्छाको संरक्षण गरिएको छ । दुई सयको स्ख्यामा संरक्षण गरिएको गाईबाच्छाका आहारा जुटाउन देउसीभैलो खेलिएको थियो ।
देउसीभैलोबाट नगद बाहेक पिठो २० बोरा, दाना पाँच बोरा प्राप्त गरेको गाईबाच्छा संरक्षण अभियन्ता भगवान् पुडासैनीले जानकारी दिए । देउसीभैलोमा तीन जनाले आजीवन सदस्यता लिएका छन् । आजीवन सदस्यताबाट २ लाख ५९ हजार तीन सय १६ जम्मा भएको छ ।
गाईबाच्छा संरक्षण अभियान स्वयंसेवी अभियान हो । यस अभियानमा आबद्धले काठमाडौँ उपत्यकाका सडकमा छाडिएका गाईबाच्छाको उद्धार गरी पुनःस्थापना गर्दै आएका छन् । अभियानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पशु एम्बुलेन्ससमेत उपलब्ध गराएको छ ।

















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया