अस्पताल भवन निर्माणार्थ व्यक्तिगत तीन करोड ५० लाख सहयोग

काभ्रेपलाञ्चोक । बनेपाका एक व्यक्तिले बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको बहिरंग सेवाका लागि आवश्यक भवन निर्माण गर्न व्यक्तिगत रूपमा रु. तीन करोड ५० लाख सहयोग गर्ने भएका छन् ।
स्थानीय ७९ वर्षीय राजभाई प्रधानले आफ्नो आमाबुबाका नाममा बहिरंग भवनको दुई तलासम्म निर्माण गर्न उक्त परिमाणको रकम दिने भएका हो ।
अस्पताल परिसरभित्र निर्माण हुने भवनको आज एक कार्यक्रमकाबीच प्रधानका ९१ वर्षीया मामा तत्वराज वन्तले शिलान्यास गरेका छन् । आठ वर्षअघि नै अस्पतालका लागि भवन निर्माण गर्ने योजना बनाइए पनि नक्सा निर्माण एवं नक्सा पासलगायत प्राविधिक कारणले केही वर्ष ढिला भएको प्रधानले बताए । बनेपा नगर कार्यालयले भवन निर्माणको आवश्यक प्रक्रिया पूरा गरेलगत्तै भवन निर्माण काम सुरु गरिएको हो ।
बनेपा स्थायी घर भएको प्रधान हाल ललितपुर बस्दै आएका छन् । बाह्र हजार वर्गफिटमा बन्ने दुई तले उक्त भवन दुई वर्षमा पूरा हुने लक्ष्य राखिएको छ । पैसठ्ठी वर्षअघि बनेपामा स्थापित उक्र अस्पताल काभ्रेपलाञ्चोकको सबैभन्दा पुरानो हो ।
शिलान्यास कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजेश गोंगल, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, बनेपा-५ का वडाध्यक्ष बलराम अधिकारी, अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरस, प्रमुख कार्यकारी सल्लाहकार सुन्दर थापा मगरलगायतले प्रधानको सहयोगको प्रशंसा गरेका थिए ।








एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया