मंगलबार, चैत ३, २०८२

HONOR X7c: 5-स्टार ड्रप रेजिस्टेन्स र IP64 वाटर रेजिस्टेन्स रेटिङसहित चाँडै बजारमा उपलब्ध हुँदै

मेरोन्यूज २०८१ कार्तिक २३ गते १८:३१

काठमाडौँ । ग्लोबल टेक्नोलोजी ब्रान्ड HONOR ले बजेटमैत्री ग्राहकहरूका लागि बनाइएको नयाँ HONOR X7c 4G प्रस्तुत गर्न लागेको छ।

Advertisement
nepal life insurencenepal life insurence

टिकाउपन, लामो ब्याट्री क्षमता, र उत्कृष्ट फोटोग्राफी विशेषतासहित यो स्मार्टफोनले ग्राहकलाई बलियो र किफायती अनुभव दिनेछ। HONOR X7c 4G मा 5-स्टार ड्रप रेजिस्टेन्स र SGS प्रिमियम परफर्मेन्स सर्टिफिकेसन (Drop & Crush Resistance)रहेको छ, जसमा कुशनिङ आर्किटेक्चर र टेम्पर्ड ग्लास स्क्रिनले दैनिक झट्कालाई सहजै सहन सक्छ।

IP64 रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्छ, जसले यसलाई हरेक वातावरणका लागि उपयुक्त बनाउँछ। HONOR X7c 4G मा 6000mAh  को सुपर टिकाउ ब्याट्री छ, जसले 28.5 घण्टा सम्मको स्ट्रिमिङ वा 21.5  घण्टा सम्मको भिडियो प्लेब्याक समय प्रदान गर्दछ। यसमा रहेको 35W HONOR SuperChargeटेक्नोलोजीले चार्जको चिन्ता बिना तपाईंलाई जडित राख्छ। 

साथै, 108MP AI क्यामेरा प्रणालीले उत्कृष्ट फोटोग्राफी, 256GB इन्टरनल स्टोरेज र RAM Turbo टेक्नोलोजीले सहज मल्टिटास्किङ, र TÜV Rheinland  लो ब्लू लाइट सर्टिफिकेसनसहित 6.77 ​​​​​​​ इन्चको इमर्सिभ डिस्प्ले प्रदान गर्दछ।

प्रतिक्रिया