फिल्म ‘पूर्णबहादुरको सारंगी’ को कथा आफ्नो उपन्याससँग मिलेको लेखकको दाबी

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’ को मूलकथा उपन्यास ‘संग्रामपुर’ सँग मिलेको यसका लेखकले दाबी गरेका छन्।
फिल्ममा समावेश १० प्लट पुस्तकसँग मिलेको आफूले पाएको लेखक शिवशंकर बस्यालको दाबी छ ।
बस्यालले फेसबुकमा स्टाटस लेख्दै फिल्मका थुप्रै प्रसंगहरू मिलेको पाएको बताएका छन् ।
यस्तो छ उनको तर्क :-
पूर्णबहादुर को सारङ्गी र सङ्ग्रामपुर उपन्यास ।
बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो। यसै बीचमा संग्रामपुर उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्रामपुर उपन्यासभित्र रहेको कथा सङ मिलेको कुरा बताए ।यसले मलाई केही कौतुहल बनायो। त्यसपछि म बिरामी अवस्थामै हल पुगे । पूर्णबहादुरको सारङ्गी लाई एकपटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ। चलचित्रको मूल कथाको स्वरूपमा संग्रामपुर उपन्यासका मूल मिलेका मूल प्रसङ्ग मात्र यी पाएँ।
१ पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर !
२ पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।
३ छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमान सङ मिल्दा छन्।
३ आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ मिल्दो छ ।
४ जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन ।
५ पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु।
६ त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
७ संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
८ बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
९ रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।
यी यी त कथाका मूल प्रसङ्गहरू हुन्। यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ, आफ्नो तिब्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन्।
केही प्रसङ्गहरू बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन्। पुर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ , सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबु छोराको प्रेमसहित समिर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ।
माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो। मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरे। यो भन्दा अरु कथामा नौलो भेटिन।
तसर्थ यो संयोग होइन,यो नियोजित हो। एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च ।
कुनै लोभ लालच प्रपञ्चले मैले यसो भनिरहेको छैन। एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो ! म अब नबोलौला , तर इतिहासमा यो कोलाहाल रहिरहनेछ।
मन जितिरहेको यो चलचित्रले अरु मान्छेहरुको मन जितिरहोस । मेरो यही शुभकामना!!!















नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
Storm induced disasters kill two, injuring six others in Udayapur
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया