रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।
नाम उल्लेख नगरिकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘आफ्नो उपराष्ट्रपति पदको उम्मेदवारको रूपमा चयन गरेका रूवियोलाई ट्रम्पले विदेशमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । यो निर्णय अन्तिम होइन ।’
जर्मनीका लागि पूर्वराजदूत रिक ग्रेनेलसँगै रुबियोलाई अमेरिकी कूटनीतिको नेतृत्व गर्ने अग्रपङ्क्तिका व्यक्तिका रूपमा गत हप्तादेखि चर्चा गरिएको छ ।
रुबियोले गत साता सीएनएनसँग भनेका थिए, ‘म जहिले पनि यो देशको सेवा गर्न इच्छुक छु।’
क्युबाको विरासत बोकेका कट्टर पन्थी सांसदको मनोनयनले ट्रम्पसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन ल्याउनेछ । सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिने क्रममा रुबियोले ट्रम्पलाई ‘ठग कलाकार’ र ’अहिलेसम्मकै सबैभन्दा अश्लील व्यक्ति’ भनेका थिए ।
मियामीमा क्युबाली आप्रवासीको कोखबाट जन्मिएका उनले सन् १९९३ मा फ्लोरिडा विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका थिए ।
सन् २०१० मा बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भएपछि रिपब्लिकनहरूको अति दक्षिणपन्थी दल टी पार्टीले उनको चुनावी अभियानलाई बढावा दिँदै उनी अमेरिकी सिनेटमा निर्वाचित भएका थिए ।
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया