सलमानलाई धम्की दिने गीतकार पक्राउ

काठमाडौं। बलिउड अभिनेता सलमान खानलाई धम्की दिने गीतकार सोहेल पाशालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पाशालाई कर्नाटकको रायचुरबाट मंगलबार पक्राउ गरेको हो । नोभेम्बर ७ मा, मुम्बई प्रहरीलाई धम्कीपूर्ण सन्देश आएको थियो । यसमा सलमान र लरेन्समाथि एउटा गीत लेखिएको बताइएको थियो ।
गीत लेख्नेलाई एक महिनाभित्र मारिने र उसको हालत यस्तो बनाइने कि आफ्नै नामबाट गीत लेख्न नसक्ने भनिएको थियो । हिम्मत भए ती व्यक्तिलाई बचाउन पनि सलमान खानलाई धम्की दिइएको थियो । यो धम्की लरेन्स विश्नोई गिरोहबाट आएका ठानिएको थियो । तर अहिले यो धम्की अरू कसैले नभएर गीतकारले दिएको खुलासा भएको छ ।
आफूले सलमानको फिल्म सिकन्दरका लागि लेखेको गीत ‘मै सिकन्दर हूं’ भन्ने गीत चर्चित होस् भन्ने सोहेल चाहन्थे । यसका लागि उनले सलमानलाई धम्की दिएका थिए ।
पाशा युट्यूबर पनि हुन् । धम्की दिन उनले अर्को फोन नम्बरबाट ह्वाट्स एप इन्ष्टल गरेका थिए । फोन नम्बर दर्ता भएको व्यक्तिसम्म प्रहरी पुग्दा उनीसँग सामान्य फोन मात्रै भएको थाहा भयो । फोन चेक गर्दा ह्वाट्स एप इन्टलेशनका लागि नोभेम्बर ३ मा ओटीपी आएको भेटियो । अरू सोधपुछको क्रममा पाशाले बजारमा घुम्दै गर्दा ती मोबाइल धनीसँग फोन मागेर सो नम्बरमा आएको ओटीपीबाट आफ्नो फोनमा ह्वाट्स इन्टल गरेको अनि सलमानलाई धम्की दिएको थाहा भयो ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया