सलमानकी पूर्व प्रेमिकामाथि आक्रमण

काठमाडौं । बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका तथा पूर्व अभिनेत्री सोमी अलीमाथि हमला भएको छ ।
हालै सोमीले मानव बेचबिखनमा परेकी एक महिलालाई बचाउने क्रममा हात भाँचिएको र धेरै चोट लागेको खुलासा गरेकी छन् । महिलालाई बचाउने क्रममा तस्करहरूले आफ्नो हात बटारिदिएको र यसका कारण हात फ्र्याक्चर भएको उनले बताइन् । ‘म धेरै पीडामा छु अनि ओछ्यानमा सुतिरहेको छ ।’ भन्दै उनले पोस्ट गरेकी छिन् ।
आफूलाई निको हुन ६ देखि ८ हप्ता लाग्ने पनि उनले बताएकी छिन् । घटनाबारे खुलासा गर्दै सोमीले भनिन्, ‘प्रहरीसँग मिलेर म पीडितलाई बचाउने प्रयास गर्छु । पीडितलाई घरबाट बाहिर निकाल्दासम्म मलाई आफ्नै कारबाट बाहिर निस्कने अनुमति हुन्न ।’ यस पटक पीडितलाई बचाउन आफू कारबाट निस्किएको र यसै क्रममा आफूमाथि हमला भएको उनले बताइन् ।
‘अचानक तस्करहरू आए, एकजनाले मेरो बायाँ हात समातेर यसरी घुमाए कि म पीडाले चिच्याउन थालेँ ।’ यस क्रममा हात फ्रयाक्चर भएको उनको भनाई छ । आफू निकै पीडामा भएको पनि उनले बताइन् । चोटका कारण बायाँ हात सुन्निएको, हात हल्लाउन पनि नसकेको र केही हप्ता यसैगरी प्लाष्टर लगाएर बस्नु पर्ने उनले बताइन् ।













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया