सलमानकी पूर्व प्रेमिकामाथि आक्रमण

काठमाडौं । बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका तथा पूर्व अभिनेत्री सोमी अलीमाथि हमला भएको छ ।
हालै सोमीले मानव बेचबिखनमा परेकी एक महिलालाई बचाउने क्रममा हात भाँचिएको र धेरै चोट लागेको खुलासा गरेकी छन् । महिलालाई बचाउने क्रममा तस्करहरूले आफ्नो हात बटारिदिएको र यसका कारण हात फ्र्याक्चर भएको उनले बताइन् । ‘म धेरै पीडामा छु अनि ओछ्यानमा सुतिरहेको छ ।’ भन्दै उनले पोस्ट गरेकी छिन् ।
आफूलाई निको हुन ६ देखि ८ हप्ता लाग्ने पनि उनले बताएकी छिन् । घटनाबारे खुलासा गर्दै सोमीले भनिन्, ‘प्रहरीसँग मिलेर म पीडितलाई बचाउने प्रयास गर्छु । पीडितलाई घरबाट बाहिर निकाल्दासम्म मलाई आफ्नै कारबाट बाहिर निस्कने अनुमति हुन्न ।’ यस पटक पीडितलाई बचाउन आफू कारबाट निस्किएको र यसै क्रममा आफूमाथि हमला भएको उनले बताइन् ।
‘अचानक तस्करहरू आए, एकजनाले मेरो बायाँ हात समातेर यसरी घुमाए कि म पीडाले चिच्याउन थालेँ ।’ यस क्रममा हात फ्रयाक्चर भएको उनको भनाई छ । आफू निकै पीडामा भएको पनि उनले बताइन् । चोटका कारण बायाँ हात सुन्निएको, हात हल्लाउन पनि नसकेको र केही हप्ता यसैगरी प्लाष्टर लगाएर बस्नु पर्ने उनले बताइन् ।
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया