बिहिबार बढ्याे नेप्से, कारोबार रकम १० अर्ब ३२ करोड
मेरोन्यूज
२०८१ कार्तिक २९ गते १५:३६

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले बढेर २,७४८ को विन्दुमा पगेको हो ।
बिहिबार १५९ कम्पनीको मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोडमाथिको कारोबार भएको छ ।
बिहिबार सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यसदिन कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो । ङादी ग्रुप पावरको ३१ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । समृद्धि फाइनान्सको २७ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त,र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।
सम्बन्धित















National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया