मंगलबार, चैत ३, २०८२

आज कात्तिक ३० गते शुक्रबारकाे राशिफल, कस्तो रहला तपाईंको दिन ?

मेरोन्यूज २०८१ कार्तिक ३० गते ६:१४

काठमाडौं । आज २०८१ साल कात्तिक ३० गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर १५ तारिख, पूर्णिमा तिथि। गुरु नानक जयन्ती, चतुर्मास व्रत समाप्ति, कार्तिक स्नान समाप्ति, पूर्णिमा व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

Advertisement
nepal life insurencenepal life insurence

मेष : आज सामाजिक प्रतिष्ठा कमाउने बेला छ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।

वृष : दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ति कमजोर रहनाले समस्या आउन सक्छ ।

मिथुन : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

कर्कट :नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।

सिंह :आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला : आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागिता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

वृश्चिक :सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । मनपरेका परिकार खान पाइएला । शेयर बजारबाट सफलता हात पर्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

धनु : आज सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ ।

मकर : आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला र मानसिक चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ, तर आर्थिक पक्ष भने राम्रै रहला ।

कुम्भ : आज बोलीले अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दूरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

मीन : आज ठीक समयमा सही निर्णय लिन सकिएला । पारिवारिक माया र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ ।

प्रतिक्रिया