सोमबार, पुष ७, २०८२

मंसिरका लागि बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

मेरोन्यूज २०८१ कार्तिक ३० गते ११:३२

काठमाडौँ। बैंकहरूले मंसिर महिनाका लागि पनि ब्याजदर घटाएका छन्।

गत कात्तिकमा औसतमा ६.१८ प्रतिशत ब्याजदर कायम रहेका २० वाणिज्य बैंकहरूले मंसिरमा यो दर घटाएर ५.९६ प्रतिशत पुर्‍याएका हुन् ।

कात्तिकमा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ६.१८ प्रतिशत ब्याजदर तोकेको थिए। मंसिरका लागि ०.२१७४ प्रतिशत बिन्दुमा ब्याजदर घटाएका छन्। मंसिर महिनामामा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.९७०३ प्रतिशत ब्याजदर कायम गरिएको छ। गत महिनाको तुलनामा ०.२१७४ ब्याजदर घटेको छ।

मंसिरका लागि माछापुच्छ्रे,एनएमबि, लक्ष्मी सनराइज, नबिल, ग्लोबल आइएमई, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, एनआइसी एशिया, सिटिजन्स र कुमारी बैंकले ब्याजदर घटाएका छन्।

माछापुच्छ्रेले मंसिरमा व्यक्तिगत मुद्दतितर्फ ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत, एनएमबिले व्यक्तिगततर्फ ५.५७ प्रतिशत र संस्थागतमा ४.५७ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगत ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत, स्ट्याण्डर्डले व्यक्तिगतमा ६.२५ प्रतिशत र संस्थागतमा ३.५ प्रतिशत ब्याजदर कायम गरेकाे छ।

कृषि विकासले पनि व्यक्तिगततर्फ ५.५३६३ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत, एनआइसी एशियाले व्यक्तिगततर्फ ६.७९ प्रतितश र संस्थागतमा ५.७९, सिटिजन्सले व्यक्तिगतमा ५.६५ र संस्थागतमा ४ प्रतिशत र कुमारी बैंकले व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागतमा ४.९१ प्रतिशत ब्याजदर तोकेकाे छ।

व्यक्तिगत निक्षेपतर्फ नबिल, ग्लोबल र प्राइमले समान ५.७५ प्रतिशत ब्याज दिने भएका छन्। यी बैंकहरूले संस्थागततर्फ भने क्रमशः ४.७५४.५ प्रतिशत र ४ प्रतिशत कायम गरेका छन्।

नेपाल बैंकले आगामी मंसिरका लागि व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५ प्रतिशत ब्याजदर तोकेको छ। सिद्धार्थ, नेपाल एसबिआई राष्ट्रिय वाणिज्य र एभरेष्टले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६.५ प्रतिशत व्याजदार कायम गरेका छन्।

यस्तै, प्रभूले व्यक्तिगत मुद्दति निक्षेपमा ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत, सानिमाले व्यक्तिगत तर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत, हिमालयनले व्यक्तिगततर्फ ६.२५ प्रतिशत संस्थागततर्फ ५.२५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने व्यक्तिगतमा ६.५ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत ब्याजदार तोकेका छन्।

८ बैंकहरूले भने कात्तिककै ब्याजदर निरन्तरता दिएका छन्। स्थिर राख्नेमा नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्ट छन् ।

एक वाणिज्य बैंकले भने ब्याजदरमा थोरै वृद्धि गरेको छ। पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्यले मंसिरका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाएको हाे ।

प्रतिक्रिया