मंगलबार, चैत ३, २०८२

करको दायरा विस्तार गरिने

मेरोन्यूज २०८१ मंसिर १ गते १२:१७

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले करको दायरा बढाउँदै कर प्रणालीमा सुधार गर्नेतर्फ सरकारले ध्यान दिएको बताएका हुन् ।

‘राज्य बलियो भए उद्योग-व्यवसाय बलिया हुन्छन् । त्यसैले राज्यलाई बलियो बनाउन राजस्व लक्ष्यभन्दा बढी सङ्कलन हुनुपर्छ, राजस्व असुली कम गर्ने छुट कसैलाई छैन,’ उनले भने ।

खुला सिमानाका कारण राजस्व छली हुने समस्या घटाउन उद्योगी– व्यवसायी, कर्मचारी र प्रहरी अझ सक्रिय हुुनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांसद दीपा शर्मा, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले राजस्व हिनामिना गर्ने छुट कसैलाई नहुने बताए ।

प्रतिक्रिया