मंगलबार, चैत ३, २०८२

बीवाईडीद्वारा ३०औं वार्षिकोत्सवको अवसरमा १ करोड एनइभी गाडी उत्पादन

मेरोन्यूज २०८१ मंसिर ५ गते १६:०७

काठमाडाैं । बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा १ करोड एनइभी गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा अझ बलियो बनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले प्रमुख मन्तव्य दिंदै कम्पनीले तय गरेको यात्रा सम्झिए। उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भइ आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे। वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाएको छ।

१ करोड नयाँ उर्जा सवारीसाधन (एनइभी) उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो। यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ। कम्पनीले पहिलो ५० लाख एनइभी उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ उर्जा सवारीसाधन (एनइभी) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ।

प्रतिक्रिया