सुरुवातका १००० दिनसम्म बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? यस्ताे छ कारण

विश्व प्रसिद्ध जर्नल ‘साइन्स’मा प्रकाशित एक अनुसन्धानकाअनुसार यदि शिशुलाई जन्मिएको सुरुवाती १००० दिनमा चिनी नदिएर युवास्थामा उनीहरुको क्रोनिक डिजिज लाग्ने सम्भावनालाई कम गर्न सकिन्छ । १००० हजार दिनभित्र बच्चा गर्भमा विकसित हुँदैं गरेको अवस्थाका दिन पनि सामेल छन् ।
यसको अर्थ यो हुन्छ कि आमाले बच्चा बसेदेखि नै आफ्नो डाइटमा चिनी हटाउन आवश्यक छ । १ नोभेम्बर २०२४ मा साइन्स जर्नलमा प्रकाशित यो अध्ययनमा यो पत्ता लाग्यो कि यदि बच्चाको सुरुवाती जीवनमा चिनी नखुवाइयो भने टाइप—२ डाइबिटिज हुने जोखिम ३५ प्रतिशतसम्म कम गर्न सकिन्छ । मोटोपनको जोखिम ३० प्रतिशत कम गर्छ सकिन्छ भने उच्च रक्तचापको जोखिम २० प्रतिशतसम्म कम हुन सक्छ ।
यसका अलावा उमेरका साथ हुने बिमारीसमेत केही वर्षका लागि पछि धकेल्न सकिन्छ । साइन्स डाइरेक्टरमा जुन, २०१८ मा प्रकाशित भएको अध्ययनअनुसार सुरुवाती उमेरमा चिनी खानाले बच्चाको दिमाग र शारीरिक विकास प्रभावित हुन सक्छ । यसबाट कम उमेरमा प्यूबर्टी र न्यूरोलोजिकल डिजिजको जोखिम पनि हुन सक्छ । संसारका धनी देशहरुले बेबी फूडलाई लिएर कडा नियमसमेत बनाएका छन् ।
जसमा दुई वर्षभन्दा कम उमेरका बच्चाको कुनै पनि खाने कुरामा कुनै पनि प्रकारको एडेड चिनी प्रयोग गर्न मनाही गरिएको छ । यसको कारण एड गरिएको सुगरका कारण बच्चाको शारीरिक र मानसिक विकासमा पर्ने असर हो । बेबी फुडमा सुगर एड गर्न नपाइने नियम बनाएका देशहरुमा बेलायत, वेल्स, स्कटल्याण्ड, जर्मनी, स्वीटजरल्याण्ड, अमेरिका र फ्रान्स रहेका छन् ।
यसको मतलब यदि कुनै फुड कम्पनीलाई आफ्नो बेबी फुड बेच्नु परेमा उक्त प्रडक्ट सुगर फ्री हुन जरुरी छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को गाइडलाइनकाअनुसार दुई वर्षभन्दा कम उमेरको बच्चाको डाइटमा चिनीको थोरै वा धेरै मात्रा नोक्सानदायक छ । यसले बच्चाको मानसिक र शारीरिक विकास अवरुद्ध हुन्छ ।
उनीहरुलाई बच्चादेखि नै वेट गेनका समस्या पनि हुन सक्छ । चिनी खुवाउनाले बच्चाको मुड स्वींगको समस्या पनि हुन सक्छ । यो उनीहरुको स्मृतिमा पनि बाधक बन्न सक्छ र इन्फ्लेमेशन हुन सक्छ ।यसका साथै बच्चाको विकास प्रभावित हुने, बच्चाको वजन बढ्न सक्ने, मोटाबोलिज्म स्लो हुन सक्ने, पाचन सम्बन्धी समस्या हुन सक्ने, दाँतसँग जोडिएका समस्या हुन सक्ने, एलर्जिक रियाक्सन हुन सक्ने, ब्लडसुगर बढ्न सक्ने र बानी व्यवहारमा बदलाव आउन सक्ने सम्भावना हुन सक्छ ।
-एजेन्सीको सहयोगमा

















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया