साईमेक्स इन्कले नेपालभर पूरा गर्यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं। बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स इन्कले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ।
यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै हरित भविष्यप्रतिको बीवाईडीको प्रतिबद्धता देखाएको कम्पनीले जनाएको छ।
वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र बीवाईडी को प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याउने कम्पनीको दाबी छ। विश्वव्यापी रूपमा बीवाईडी १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ।
साइमेक्स इन्कले बीवाईडीका बीवाईडी अट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी सिलजस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ।
यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेको कम्पनीको भनाइ छ।
‘बीवाईडी को ३० औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो। यो हाम्रो टोलीको मिहिनेत र ग्राहकहरूको विश्वासको प्रमाण हो। सँगसँगै, हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउन मद्दत गर्दै छु’, साइमेक्स इन्कका नेस्नल सेल्स प्रमुख अशुतोष गौतमले भने, ‘बीवाईडी र साईमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार, र समुदाय-केन्द्रित पहलहरूमार्फत नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता देखाएको छ।’















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया