चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्यूँझिएपछि…

बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोष्ट मोर्टम गरेन ।
तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्यूँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास विरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर उहाँको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उनको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे ।
भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग (मिर्गी) को समस्या देखिएको रहेछ ।
अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, “एक जना चिकित्सकले पोष्टमार्टम नगरी पोष्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।ू
“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उहाँ जीवित रहेको र सास फेरिरहेको पाएपछि उहाँलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भने ।
रोहितासलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो ।
अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन् ।
















पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया