अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मेरोन्यूज
२०८१ मंसिर १६ गते ८:३५

कोलम्बो, १६ मंसिर । श्रीलंकामा प्रतिकूल मौसमका कारण १७ जनाको मृत्यु भएको छ ।
दक्षिण पश्चिम बंगालको खाडीबाट उत्पन्न ‘चक्रवात फेंगल’ बाट श्रीलंकामा हालसम्म १७ जनाको ज्यान लिइसकेको छ ।
सो बिपदमा परी हालसम्म ३० जना घाइते भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ। उसका अनुसार देशमा विद्यमान प्रतिकूल मौसमका कारण १ लाख ४२ हजार ६२४ परिवारका ४ लाख ७९ हजार ८७१ व्यक्ति प्रभावित हुन पुगेका छन् ।
यसबीचमा १ सय ३ घर पूर्णरुपमा र २ हजार ६ सय ३५ घरमा आंशिक क्षति पुगेको डीएमसीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।
अत्यधिक मौसमी अवस्थाबाट प्रभावित ८ हजार ४ सय ७० परिवारका कुल २७ हजार ५१७ व्यक्तिहरू हाल राहत केन्द्रहरूमा रहेको डीएमसीले जनाएको छ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया