विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक

एजेन्सी । न्युजिल्यान्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण सुरु गरेका छन् ।
न्युजिल्यान्डको साउथ आइल्याण्डमा यसै वर्षको सुरुमा मृत भेटिएको कोदालीपाते दाँत भएको र चुच्चो मुख भएको समुद्रको गहिराइमा बस्ने स्तनपायी जनावर ह्वेलको अध्ययन गर्ने मौका मिलेको हो ।
पाँच मिटर (१६.४ फिट) लामो उक्त ह्वेललाई जुलाईमा समुद्र किनारबाट निकालिएको थियो र त्यसपछि उसलाई विशेष ‘फ्रिजर’मा राखिएको थियो ।
ह्वेल विशेषज्ञ एन्टोन भ्यान हेल्डेनका अनुसार वैज्ञानिकहरूले पहिलो पटक कोदालीपाते दाँत भएको ह्वेलको नमूनाको विश्लेषण गर्ने अवसर मिलेको हो ।
“यो एक उल्लेखनीय र विश्वव्यापी रूपमा महत्त्वपूर्ण अवसर हो,” उनले भने ।
सप्ताहव्यापी विच्छेदनले ह्वेलको व्यवहार, यसको आहार र यसको आधारभूत शरीर रचनाको बारेमा अहिलेसम्म प्राप्त गर्न नसकिएका जानकारी लिन मद्दत गर्नेछ ।
भ्यान हेल्डेनले भने, “चुच्चे ह्वेल संसारमा पाइने ठूला स्तनधारीहरूको सबैभन्दा रहस्यमय ह्वेल प्रजाती हो ।
उनले भने, “तिनीहरू गहिरो स्थानमा रहने ‘गोताखोर’ हरू हुन् जसलाई समुद्रमा विरलै देखिन्छ र यी समुद्री जनावरहरूको अनुसन्धानको लागि कमै अवसरहरू मिल्ने गर्छ ।”
“संसारको कुनै पनि ठाउँबाट ज्ञात सातौं नमूना मानिएको यो दुर्लभमध्ये सबैभन्दा दुर्लभ जन्तु हो र हामीले यसको चिरफार गरी अध्ययन गर्ने दुर्लभ अवसर पाएका छौँ।”
न्युजिल्याण्डको संरक्षण विभागले कोदालीपाते दाँत भएको ह्वेल ‘विश्वकै दुर्लभ ह्वेल’ भएको बताएको छ।
सन् १८७४ मा न्युजिल्यान्डको पूर्वी तटमा रहेको चाथम टापुबाट सङ्कलन गरिएको तल्लो बङ्गारा र दुईवटा दाँतबाट यो प्रजातिको वर्णन गरिएको थियो।
उक्त नमूना र न्युजिल्यान्ड र चिलीमा भेटिएका अन्य दुई नमूनाका कंकालका अवशेषले वैज्ञानिकहरूलाई नयाँ प्रजाति पुष्टि गर्न आधार दिएको थियो ।
यति कम नमूनाहरू फेला परेका छन् र त्यहाँ कुनै जीवित दृश्यहरू छैनन्, कोदालो–दाँतेदार व्हेललाई न्यूजील्याण्ड थ्रेट वर्गीकरण प्रणाली अन्तर्गत तथ्याङ्क कम भएको जनावरको रूपमा वर्गीकृत गरिएको छ।
















स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया