कीर्तिपुरको मतगणना अन्तिम चरणमा, अप्रत्याशित जित हुने सम्भावना
मेरोन्यूज
२०८१ मंसिर १७ गते २१:११

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । १० वटा मध्ये ९ वटा वडाको गणना सकिएको छ । अहिले वडा नम्बर १० को गणना भइरहेको छ ।
निर्वाचन आयोगको विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ५ हजार ६९ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा शिवशरण महर्जनले ४११९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ३९९७ मत प्राप्त गरेका छन् ।
कुल ३१ हजार १ सय १२ मतदाता रहेको कीर्तिपुर नगरपालिकामा आइतबार भएको मतदानमा २१ हजार ३ सय ६२ मत खसेको थियो ।
२०७९ सालको निर्वाचनमा कांग्रेसबाट विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन भएको हो ।
सम्बन्धित









मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु
मधेशका मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया