दुर्गा प्रसाइ थप ४ दिन हिरासतमै रहने
मेरोन्यूज
२०८१ मंसिर १८ गते १६:०३

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाइ थप चार दिन हिरासतमा रहने भएका छन् ।
राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका हुन् ।
मंगलबार जिल्ला अदालत, काठमाडौंले उनलाइ थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको छ । अब उनी कम्तिमा पनि मंसीर २१ सम्म हिरासतमा नै रहने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्तावेज सार्वजनिक गरेपछि नेपाल प्रहरीको सीआईबीले उनलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो ।
साइबर अपराध अभियोगमा पक्राउ परेका उनको पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।
सम्बन्धित

















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया