मंगलबार, चैत ३, २०८२

रविबारे बुझ्न मानवअधिकार आयोगले बोलायो आईजीपी कुँवरलाई

मेरोन्यूज २०८१ मंसिर २४ गते १३:१८

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको बारे सोधपुछ गर्नका लागि सोमबार कुँवरलाई आयोगमा बोलाइएको हो ।

लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयबाट पोखरामा रातारात दुर्व्यवहार गरेर लगेको आरोप लगाउँदै रास्वपाले आयोगमा उजुरी दिएको थियो । सोही उजुरीका विषयमा सोधपुछ गर्न आईजीपी कुँवरलाई आज बोलाइएको बुझिएको छ ।

प्रतिक्रिया