मंसिर २५ गते मंगलबारकाे राशिफल, कस्तो रहला तपाईंको दिन ?

काठमाडौं । आज २०८१ साल मंसिर २५ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर १० तारिख। मार्गशीर्ष शुक्ल पक्षको दशमी तिथि। मानव अधिकार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ
मेष : कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। नोकरी वा पेशामा आफ्नो कार्यमा विशेष ध्यान दिनुहोला। व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ। पारिवारिक समस्याहरू बढ्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
वृष : व्यापार व्यवसायबाट मनग्य लाभ मिल्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीको सहयोग मिल्नेछ। पशुपालनबाट लाभ मिल्ने योग छ। मेहनतले दिगो फाइदा हुनेछ। आयका स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। सन्तानको अनावश्यक खर्चले मनमा चिन्ता बढ्नेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्दा लाभ मिल्नेछ। शेयर बजारबाट लाभ मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
कर्कट : संघ संस्था वा सम्मेलनमा जाने अवसर मिल्ला। विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आत्तिएर निर्णय नलिनुहोस्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह : घर परिवारमा बच्चाहरूलाई समय दिने प्रयास गर्नुहोस्। विद्यार्थीहरूलाई कडा मेहनतले सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। व्यवसायमा अरू माथि निर्भर नरहनुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : व्यापार व्यवसायमा आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सामाजिक वा लोकप्रिय छविमा प्रश्न उठ्न सक्ला। मातापिताको आशीर्वादले नयाँ कार्य प्रारम्भ गरौं।आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
तुला :व्यापारमा आयस्रोत बढ्नेछ। कार्यक्षेत्रमा मेहनत अनुसार फल मिल्नेछ। विद्यार्थीहरुलाई अध्ययनबाट पुरस्कार मिल्नेछ। आलोचनाबाट सजग रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक :यश र कीर्तिमा वृद्धि हुनेछ। भाग्यको साथ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको काम सम्पादन हुनेछ। व्यवसाय र उद्योगमा लाभ हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
धनु : अगाडि रोकिएका कार्यहरू सम्पादन हुनेछन्। मित्रहरूबाट सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रतिद्वन्दीहरू परास्त हुनेछन्। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मकर : साहस र उत्साहले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाइनेछ। प्रयास गर्दा विदेशतिर जाने अवसर पनि जुट्न सक्छ। कार्यक्षेत्रमा मेहनत अलि धेरै गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ : राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। पैतृक सम्पत्तिको लेनदेन गर्नु अघि हरेक कुराको जाँच गरौं। कृषि वा पशुपालनबाट लाभ कमाइनेछ। कार्यक्षेत्रमा आफ्नो योग्यताको प्रदर्शन गर्न अवसर पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
मीन : आफन्तहरूसँग विशेष भेटघाटको अवसर जुट्नेछ। नोकरी वा पेशामा पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि वैदेशिक अवसर मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहको छ।















National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया