आइतबार, वैशाख १३, २०८३

नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले

मेरोन्यूज २०८१ मंसिर २९ गते १२:५४

सुनसरी । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन्।

Advertisement
NiccNicc

नयाँ कार्यसमितिका लागि शुक्रबार धरानमा सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेने, सचिवमा परशुराम बाह्रकोटी, सह–सचिवमा विकल रेग्मी, सह–सचिव मा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा विवेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले  बताए ।

यस्तै, केन्द्रीय परिषद् सदस्य महिलातर्फ सुभद्रा प्याकुरेल र समावेशी जनजातीतर्फ नरबहादुर लिम्बु (प्रदिप मेन्याङ्बो) निर्वाचित भए का छन्।

प्रतिक्रिया