पत्रकार महासङ्घ गण्डकीको अध्यक्षमा पौडेल

गण्डकी । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक मत परिणाम अनुसार पौडेलले चार सय एक मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गोविन्दप्रसाद सुवेदीले एक सय ७८ मत प्राप्त गरे ।
प्रदेश समितिको उपाध्यक्ष (खुला)मा प्रकाश पौडेल, उपाध्यक्ष (महिला)मा मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा, सचिव (खुला)मा भविश्वर पाण्डे, सचिव (समावेशी)मा रोशनी गुरुङ र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भएका हुन् ।
गण्डकी प्रदेशअन्तर्गत महासंघको जिल्ला अध्यक्षहरूमा कास्कीका लागि माधव बराल, पर्वतमा लक्ष्मीप्रसाद सापकोटा, बागलुङमा राम थापा, मनाङमा नवीन लामिछाने, मुस्ताङमा सुनदेवी रसाइली, लम्जुङमा सन्देश पौडेल, तनहुँमा डिपी अधिकारी, स्याङ्जामा प्रदिप कोइराला, म्याग्दीमा हरिकृष्ण गौतम, नवलपुरमा श्रीराम सिग्देल निर्वाचित भएका छन् ।
















इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया