विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला

काठमाडौं । सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, शारदा नगरपालिका-१ शान्तिनगर बस्ने ६६ वर्षीय डम्बर बुढाथोकी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै बाग्लुङ, बडिगाड गाउँपालिका-६ छिसफाटस्थित नालीको पानीमा सोही गाउँपालिका-७ बस्ने ४० वर्षीय जनक रावल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
स्याङ्जा, पुतलीबजार नगरपालिका-३ काफलडाँडा घर्तिगाउँ बस्ने ६३ वर्षीय गोपाल घर्ति सोही ठाउँस्थित गोरेटो बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, धुनिवेशी नगरपालिका-५ अमलेचौर बाह्रबिसेस्थित सत्य ईट्टाभट्टाको कम्पाउण्डभित्र सोही नगरपालिका-८ बरथुम्की बस्ने २६ वर्षीय ईश्वर लामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, लालबन्दी नगरपालिका-६ स्थित शिव मन्दिरको प्रतिक्षालयमा महोत्तरी बर्दिवास नगरपालिका-१४ घर भएका ५५ वर्षीय मोहन साह सोनार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीकै बरहथवा नगरपालिका-३ झिगाही टोल बस्ने ४५ वर्षीया सिकिलिया देवी महतो आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
कपिलवस्तु, शिवराज नगरपालिका-६ पैकिवण्डा बस्ने शालिकराम अहिरको छोरी १५ वर्षीया शान्ति यादव सोही ठाउँस्थित गडगौडा खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
माथिकै सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया