नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा गिरी निर्वाचित

खजुरा। नेपाल पत्रकार महासंघ बाँके जिल्ला शाखाको अध्यक्षमा नवीन गिरी निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा शनिबार सार्वजनिक गरिएको मत परिणामअनुसार गिरीले एक सय १८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रदीप वाग्लेले ७० मत प्राप्त गरे ।
खुला उपाध्यक्ष पदमा रेजिना मल्ल र तिलक गाउँलेबिच बराबरी भएको छ । उनीहरूले आधा आधा कार्यकाल चलाउने सहमति भएको निर्वाचन अधिकृत केशव कोइरालाले बताए । उपाध्यक्ष (महिला) मा करुणा शाह, सचिवमा कृष्ण ओली र सहसचिवमा रवीन्द्र सिंह ठकुरी र भगतराम थारु विजयी भएका छन् । कोषाध्यक्ष पदमा सुनिल रेग्मी निर्वाचित भएका निर्वाचन अधिकृत कोइरालाले बताए ।
महिला सदस्यमा रजनीकुमारी योगी, दलित सदस्यमा आशा परियार, आदीवासी–जनजाती सदस्यमा निर्मला चौधरी, मधेशी सदस्यमा यदुराज मिश्र, अन्य समावेशी सदस्यमा सलामत अली शेष, निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
शाखाको खुला सदस्यमा पहलबहादुर केसी, शम्भुप्रसाद थारु, कृष्णराज अधिकारी, रवीन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सावित्री विश्वकर्मा, सजनकुमार आरसी र धना विष्ट केसी विजयी भएका छन् ।








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया