थर्पु आधारभूत अस्पतालमा दन्त शिविर सुरु

दमौली (तनहुँ)। यहाँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित आधारभूत अस्पतालमा दन्त शिविर सुरु भएको छ । १० शय्या क्षमताको उक्त अस्पतालको गत शनिबार मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेको थियो । गत सोमबारदेखि अस्पतालमा दन्त शिविर सुरु भएको हो ।
दाँतका समस्या भएका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले दन्त शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । दन्त शिविरमा दाँतको एक्सरे, सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरैदेखिको उपचार, गिजाको उपचार तथा औषधि वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।
म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल गैह्रापाटन पोखराबीच गत मङ्सिर २० गते भएको सम्झौता अनुसार दन्त शिविर सञ्चालन गरिएको हो । शिविर पुस ४ गतेसम्म सञ्चालन हुनेछ । शिविरको पहिलो दिन सोमबार वडा नम्बर १ र २, मङ्गलबार वडा नम्बर ३ र ४, बुधबार वडा नम्बर ५ र ६, बिहीबार वडा नम्बर ७ र शुक्रबार छुटेका सर्वसाधारणलाई सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।
एक दिनमा ६० जनालाई उपचार सेवा दिइने जनाइएको छ । प्रत्येक स्थानीय तहमा एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको निर्णय बमोजिम यहाँ उक्त अस्पताल निर्माण भएको हो । रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ लागतमा अस्पताल भवन निर्माण भएको हो ।













यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया