चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् ।
कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज काठमाडौँमा आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन समारोहमा मन्त्री ज्ञवालीले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष असर परेकाले सरकारले सहयोग गर्ने आश्वासन दिए ।
कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालले वार्षिकरुपमा अन्तरराट्रियरुपमा चलचित्र महोत्सव आयोजना गर्नुपर्ने जनाउँदै त्यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । चलचित्र विकास सङ्घका अध्यक्ष आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकास गर्न वार्षिकरुपमा कार्यक्रम ल्याउनुपर्ने तथा नेपाली चलचित्र अन्तरराष्ट्रियकरण गर्न पहल गर्नुपर्ने बताए ।
कलेजका संस्थापक डा मञ्जु मिश्रले महोत्सवले अफ्रिका र नेपालबीच थप घनिष्ठ सम्बन्ध स्थापना हुने र दुई देशलाई नजीकबाट बुझ्न थप सहयोग पुग्ने बताए । तीन दिनसम्म चल्ने महोत्सवमा नौ अफ्रिकीसहित केही नेपाली चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।
–––रासस















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया