नोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

काठमाडौँ । भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्वीरमा पश्चिमी हनोईमा कालो रङ्गको एक अग्लो भवनमा आगलागीबाट क्षति पुगेको देख्न सकिन्छ ।
स्थानीय समयअनुसार बुधबार राति ११स्०० बजे आगलागी भएको र त्यहाँ धेरै मानिस फसेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र सात जनालाई जीवितै उद्धार गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ । घटनामा ११ जना मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।
हनोई प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरीले आगलागीमा संलग्न रहेको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट उक्त क्याफे जानाजानी जलाइएको थियो ।”
सरकारी सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गरी बताएअनुसार आगो यति ठूलो थियो कि कसैले पनि भित्र फसेकाहरूलाई बचाउने आँट गरेनन् ।
नजिकै रहेका गुयेन मिन्ह हुङले डान ट्राइ पत्रिकासँग भन्नुभयो, “हामी फसेका पीडितहरूका लागि चिच्याइरहेका थियौं, तर हामीले भवनभित्रबाट सहयोगको माग गरेको सुनेका थिएनौँ ।













नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित
एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प ल्याउँदै
जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
TikTok reveals Nepal’s top searches in 2025
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया