धापासीको एक घरमा आगलागी
मेरोन्यूज
२०८१ पुष ४ गते १९:११

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ ।
टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर लगायतबाट दमकल पुगेर आगो नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ । उद्धारमा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
सम्बन्धित









धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया