दुलेगौडा–लिलाचोकखण्ड स्तरोन्नतिका लागि केही दिन बन्द रहने

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लिलाचोक सडकखण्ड स्तरोन्नतिका लागि बन्द गरिने भएको छ ।
नगरको वडा नं ४, ८, ९ र १२ जोड्ने उक्त खण्डअन्तर्गत दुलेगौडा खैरेनीटार हेल्थपोष्ट चोकदेखि पुलचोक नयाँपुलसम्म निर्माण भइरहेकाले शनिबारदेखि अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द हुने नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सडक निर्माणका क्रममा हुनसक्ने जोखिम र गुणस्तरीयतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको जानकारी दिए । त्यस अवधिसम्म ढोरवाराही मोटरमार्ग (गाछेपानी पुरानो पुल तिब्बतियन क्याम्प) को सडक प्रयोग गर्न सकिने उनले बताइन् ।
विश्व बैङ्कको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजीआइपी) अन्तर्गत उक्त मोटरमार्गको ७.1 किलोमिटर सडकमा कालोपत्रका लागि गत चैत २५ गते बानियाँ निर्माण सेवा हेटौंडासँग सम्झौता भएको थियो।
नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ मा यहाँ स्तरोन्नतिको काम भइरहेको बताए।
वडा नं ४ दुलेगौडाबाट सुरु हुने कालोपत्र सडकले वडा नं ८, ९ र १२ वडालाई जोड्ने छ। उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ।
उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ। अन्य ठाउँमा नालासहितको कालोपत्र हुने इन्जिनियर भट्टराईले जानकारी दिए ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया